२७ दिनपछि घर फर्किइन् कोरोना संक्रमित युवती

काठमाडौं, ६ बैशाख । नेपालकी दोस्रो कोरोना संक्रमित १९ वर्षीया युवती डिस्चार्ज भएकी छिन् । २७ दिनसम्म उपचार गरी पूर्ण रूपमा स्वस्थ स्वस्थ्य भएसँगै उपचाररत टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले शनिबार डिस्चार्ज गरेको हो ।

चैत ४ मा फ्रान्सबाट काठमाडौं आइपुगेकी ती युवतीमा १० चैतमा कोरोना पोजेटिभ देखिएपछि भर्ना भएकी थिईन् ।

केही दिनअघि गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो । पछिल्लोपटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि दोहोर्‍याएर उनको स्वाब परीक्षण गरिएको थियो ।

दोहोर्‍याएर गरिएको परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको हो ।

संक्रमितमध्ये उपचारपछि निको भएकी यिनी दोस्रो नेपाली हुन् । यसअघि कोरोना भाइरसको उद्गम स्थल चीनको वुहानबाट आएका एक संक्रमित युवक उतिवेलै निको भएर घर गइसकेका थिए । यो काेराेना विरूद्ध नेपाली चिकित्सकहरुको लागि दोस्रो सफलता हो ।

अहिले टेकु अस्पतालमा धादिङका संक्रमित युवा उपचाररत छन् । पछिल्लो समय नेपालमा संक्रमितको संख्या ३० पुग्दा २ निको भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here