कोरोनाविरुद्धको लडाइँमा ज्यान गुमाउने परिवारलाई एक करोड दिने घोषणा

काठमाडौं, ६ बैशाख । भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले कोरोना भाइरसविरुद्धको लडाइँमा ज्यान गुमाउने परिवारलाई एक करोड भारतीय रुपैयाँ दिने घोषणा गरेका छन् ।

मुख्यमन्त्री केजरिवालले शनिबार पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन् ।

कोरोनाविरुद्ध खट्न कुनै कर्मचारीको निधन भएमा उनीहरुको परिवारलाई दिल्ली सरकारले क्षतिपूर्ति स्वरुप एक करोड दिने जनाकारी दिए ।

उनले घोषणा गरेको रकम अग्रपंक्तिमा रहेका कुनै चिकित्सक, नर्स, ल्याब टेक्निसियन, सरसफाइ कर्मचारी र अस्पताल कर्मचारीको परिवारले पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here