१०७ वर्षीया बृद्धाले कोरोनासँगको लडाइ जितेपछि…

काठमाडौं । नेदरल्याण्डमा १०७ वर्षीया बृद्धाले कोरोनासँगको लडाइ जितेकी छिन् । चर्चमा सहभागी हुनेक्रममा कर्नेलिया नाम गरेकी ती बृद्धालाई स्वास्थ्यमा असहज महसुस भएपछि अस्पताल भर्ना गरिएको थियो ।

सो क्रममा उनलाई गत मार्च ६ तारिख कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । लगातारको अस्पताल बसाईपछि उनमा कोरोना भाइरस निकोभएपछि बृद्धाले नयाँ जीवन पाएको सज्ञा दिइएको छ ।

दक्षिणपूर्वी टापूमा कर्नेलियालाई राखिएको नर्सिङ होममा अरु ४० जना संक्रमितको उपचार भइरहेकोमा १२ जनाको मृत्यु भएको छ ।

१०७ वर्षको उमेरमा पनि कोरोना संक्रमणलाई जित्ने उनी संसारकै सबै भन्दाबढी उमेरको व्यक्ति भएको दावी समेत गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here