कोरोना संक्रमितको संख्या २४ लाख नाघ्यो, १ लाख ६५ हजारको मृत्यु

काठमाडौं, ८ बैशाख । कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभर १ लाख ६५ हजार नाघेको छ। सोमबार बिहान सम्म विश्वभर कोरोनाबाट १ लाख ६५ हजार ४ जनाको मृत्यु भएको छ। संक्रमितको संख्या २४ लाख ६ हजार २ सय ४० पुगेको छ।

गएको २४ घन्टामा यसको संक्रमणबाट विश्वभर ४९ सय ५७ जनाको मृत्यु भएको छ। गएको २४ घन्टामा कोरोना संक्रमणबाट सबैभन्दा बढी अमेरिकामा १५ सय ३४ जनाको मृत्यु भएको छ। त्यहाँ मृतकको संख्या ४० हजार ५ सय ४८ पुगेको छ। संक्रमितको संख्या ७ लाख ४६ हजार नाघेको छ।

त्यसैगरी गएको चौविस घन्टामा युकेमा ५९६, इटालीमा ४३३, स्पेनमा ४१०, फ्रान्समा ३९५, बेल्जियममा २३० जर्मनीमा १०४, टर्कीमा १२७, क्यानाडामा ११७, ब्राजिलमा १०१, मेक्सिकोमा १०४ जनाको मृत्यु भएको छ।

विश्वमा रहेका कोरोना भाइरसका कूल संक्रमितमध्ये ६ लाख २४ हजार ९ सय ७४ जना उपचारपछि निको भई घर फर्केका छन्।

हालः विश्वमा १६ लाख १७ हजार २ सय ७१ जना कारोना भाइरसका संक्रमित उपचारत छन्। उपचारतमध्ये ५४ हजार २ सय २२ जनाको अवस्था गम्भीर छ भने १५ लाख ६३ हजार ४९ जनाको अवस्था सामान्छ छ।

नेपालमा हालसम्म ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमितमध्ये आधाभन्दा बढी भारतीय नागरिक छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा रहेका कूल संक्रमितमध्ये ४ जना उपचारपछि निको भई घर फर्किसकेका छन् भने २७ जनाको अहिले उपचार चलिरहेको छ। नेपालमा कोरोना भाइरसको पहिलो बिरामी गत माघ ९ गते देखिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here