लकडाउन अवधिमा श्रमिकलाई आधा तलव

काठमाडौं, ८ बैशाख । कोरोना भाइरस महामारीका कारण बन्दावन्दी (लकडाउन) का समयमा पनि उद्योग प्रतिष्ठानले श्रमिकहरुलाई आधा तलव दिन सहमत भएका छन ।

आपूर्ति मन्त्रालयको अगुवाइमा नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, घरेलु तथा साना उद्योग महासंघलगायतका प्रतिनिधिहरुबीच बसेको संयुक्त बैठक उक्त निर्णय गरेको हो ।

सहमति अनुसार उद्योग प्रतिष्ठानमा कार्यरत कामदार र कर्मचारीले चैत महिनाको पूरै तलब पाउने भएका छन् । तर, वैशाखबाट भने आधा मात्र पाउने सम्भावना छ ।

चैत ११ गतेदेखि लकडाउन गरेपछि कतिपयले आधा त कतिपयले बेतलबी बिदा दिएका थिए । उद्योगीहरूले पनि बन्द अवधिमा पूरै महिनाका तलब खुवाउन नसक्ने बताएका थिए ।

साथै उक्त बैठकमा रोजगारी गुमाएर स्वदेश फर्किएको नेपालीलाई उत्पादनशील उद्यमशिलतामा सहभागी गराउन विशेष योजना तयार गर्ने विषयमा सहमति भएको छ । योजना बनाउन सरकार, उद्योगी तथा व्यवसायीका प्रतिनिधि रहेको कार्यदल गठन गर्ने निर्णय भएको छ ।

‘श्रमिकको तलब कटौती गर्ने सहमति भएको छैन’- संयुक्त ट्रेड युनियन समन्वयन केन्द्र

संयुक्त ट्रेड युनियन समन्वयन केन्द्रले मजदुरहरुको तलब काट्ने विषयमा कुनै सहमति नभएको प्रष्ट पारेको छ।

ट्रेड युनियन र रोजगारदाताबीच लक डाउन अवधिको आधा तलब कटौती गर्न सहमति भएको भन्दै सार्वजनिक भएका सूचना तथ्यहीन भएको समन्वयन केन्द्र जानकारी गराएको हो।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ट्रेड युनियनहरु र रोजगारदाताहरुबीच श्रमिकको तलब कटौती गर्ने विषयमा कुनै पनि सहमति नभएको व्यहोरा यस विज्ञप्तिमार्फत सम्पूर्णमा जानकारी गराउँदै अनाधिकृत समाचारको पछाडि नलाग्न सम्पूर्ण श्रमिक तथा रोजगारदाताहरुमा आह्वानसमेत गर्न चाहन्छौं।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here