‘विदेशमा नेपालीलाई समस्या पर्‍यो, यो नम्बरमा सम्पर्क गर्नुहोस्’

काठमाडौं, ८ बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका कुनै कामदारलाई अप्ठेरो परेको भए सम्बन्धित देशको दूतावासमा खबर गर्न र त्यहाँ सम्पर्क नभए नेपाल सरकारलाई खबर गर्न आग्रह गरेको छ ।

यस्तो विपतको बेला वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकप्रति मन्त्रालय गम्भीर भएको भन्दै मन्त्रालयले यस्तो अवस्थामा आवश्यक सहयोगको लागि कुटनीतिक नियोग निरन्तर परिचालन हुने जनाएको छ ।

विदेशस्थित नेपाली कामदारलाई कुनै समस्या परे कसरी नेपाल पर्काउने भन्ने विषयमा पनि छलफल भईरहेको जनाकारी दिँदै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वरराय यादवले समस्यामा परेका नेपाली कामदारले सरकारले व्यवस्था गरेको टोल फ्रि नम्बर ११४१ सम्पर्क गर्न सक्ने बताए ।

मन्त्रालयले विभिन्न कारणले बेखर्ची भइ खान बस्नको समस्या, भिसा वा काम गर्ने सम्झौता म्याद सकिएको तथा तलब लगायतका आफ्ना समस्या सम्बन्धित देशको दूतावासमा राख्न पनि आग्रह गरेको छ ।

आफ्ना समस्या मन्त्रालयले सञ्चालन गरेको कल सेन्टरमा राख्न सकिनेछ । बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म कलसेन्टरको फोन नम्बर +९७७१५९७०००८ मा सम्पर्क गरेर आफ्ना समस्या राख्न सकिने मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here