५ अर्ब २० करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

काठमाडौं, ८ बैशाख । नेपाल राष्ट्र बैंकले सोमबार (आज) ५ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

केन्द्रीय बैंकले ९१ दिने र १८२ दिने ऋणपत्रको नवीकरण गर्न लागेको हो । पहिलो सरकारी ऋणपत्र ९१ दिनमा परिपक्क हुन्छ भने दोस्रो १८२ दिनमा परिपक्क हुने केन्द्रीय बैंकले जनाएको छ ।

२० करोड रुपैयाँ बराबरको ९१ दिनको र ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्ने भएको हो । सो ऋणपत्रको ब्याजदर भने बोलकबोलमार्फत निर्धारण हुने केन्द्रीय बैंकले जनाएको छ।

यसअघि चैत २५ गते केन्द्रीय बैंक निष्काशन गरेको ९१ दिने ट्रेजरी बिलको औसत ब्याजदर १.५ प्रतिशत रहेको थियो । त्यसैगरी गत चैत ३० गते निष्काशन १८२ दिने ट्रेजरी बिलको ४.१५४ प्रतिशत कायम भएको थियो ।

वैशाख ९ गते (मंगलबार) जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार अपराह्न ३ बजे बोलकबोल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here