विप्रेषण आप्रवाह वृद्धिदर खुम्चियो, फागुनसम्मको वृद्धिदर १.८ प्रतिशत

काठमाडौं, ८ बैशाख । नेपाल आउने विप्रेषणको वृद्धिदर घटेको छ । चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो आठ महिनासम्ममा विप्रेषण आप्रवाह १.८ प्रतिशतले वृद्धि भई रु.५ खर्ब ९२ अर्ब ४२ करोड कायम भएको नेपाल राष्ट्र बैंकले बताएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाहमा १.७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ११.७ प्रतिशतले बढेको थियो ।

नेपालबाट बाहिर जाने कामदार बढे पनि विप्रेषण भने घटेको हो ।
फागुन मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २४.२ प्रतिशतले बढेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३६.६ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा पुनः श्रम स्वीकृति लिनेको संख्या २.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.६ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर आय १.४ प्रतिशतले वृद्धि भई रु.६७१ अर्ब ८९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २२.९ प्रतिशतले बढेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here