भारतमा संक्रमितको संख्या १८ हजार नाघ्यो, एकैदिन ९ सय जना नयाँ बिरामी थपिए

काठमाडौं, ९ बैशाख । भारतमा कोरोना संक्रमितको संख्या १८ हजार नाघेको छ ।

सोमबारसम्म १८ हजार ५ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

पछिल्लो चौबिस घण्टामा ९ सय २४ जना नयाँ कोरोना भाइरसका बिरामी थपिएका छन्।

सोही समयमा भारतमा ३३ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको छ।

हालसम्म ५ सय ९२ जनाको मृत्यु भइसकेको छ। कूल ४ लाख १ हजार ५ सय ८६ जनामा कोरोना भाइरस संक्रमण भए-नभएको परीक्षण गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here