उदयपुरका थप ८ जनामा कोरोना आशंका, पुन: परीक्षणको लागि धरान पठाइयो

काठमाडौं, ९ बैशाख । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा थप ८ जनामा कोरोना संक्रमणको आशंकापछि धरान लगिएको छ ।

भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोनाभाइरस संक्रमितसँग सम्पर्कमा आएका थप ८ जनामा कोरोनाभाइरसको आशंका देखिएको हो ।

विराटनगरस्थित कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ती ८ जनामा कोरोनाभाइरसको आशका देखिएकोपछि नमूनालाई थप परीक्षण गर्न धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

गत शुक्रबार उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जनामा कोरोना संक्रमण देखिएको थियो। पछि फेरि बाँकी चारजना मध्ये एकजनालाई पनि संक्रमण पुष्टि भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here