थप एक जनामा कोरोना संक्रमणको पुष्टि, ३२ पुगे संक्रमित

काठमाडौं, ९ बैशाख । उदयपुर मस्जिदकै थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ।

कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले एकजना थप संक्रमित थपिएकाे बताएका हुन् ।
उनी उदयपुरका हुन् । उनी ३३ वर्षका पुरुष हुन् ।

उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ जनामध्ये १३ जनामा कोरोना देखिएपछि सो क्षेत्रका ३ सय २० जनाको नमुना स्वाब परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।

त्यहीँ मध्ये आज एकजनामा कोरोना संक्रमण देखिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here