नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुग्यो, भुल्केका एकैदिन ११ संक्रमित भेटिए

काठमाडौ, ९ बैशाख । मंगलबार एकैदिन उदयपुरमा ११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

कोरोना संक्रमितमध्ये ८ जना कोशी अस्पताल विराटनगरमा र ३ जना राष्टिय जनस्वस्थ्य प्रयोगशालाबाट पत्ता लागेका हुन्।

भेटिएका नयाँ संक्रमितमा ९ जना पुरुष र २ जना महिला छन्। जसमा १८, १८, २०, ३३, ४०, ४१, ४१, ५२ र ५८ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको हो। मंगलबारै ३६ वर्षीया महिला र अर्की एक उमेर नखुलेकी महिलामा पनि कोरोना भेटिएको हो।

एकैदिन ११ जना कोरोना संक्रमित देखिएपछि प्रदेश-१ सरकारले जिल्लालाई नै सिल गर्ने निर्णय गरेको छ।

यसअघि सोही ठाउँको एक मस्जिदमा रहेका १६ मध्ये १३ जनामा कोरोना संक्रमण देखिएको थियो। योसँगै उदयुरमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ।

पहिलो पटक उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसको भोलिपल्ट थप एकजनामा संक्रमण देखिएको थियो भने आजमात्र ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here