कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ७७ हजार, संक्रमितको संख्या साढे २५ लाख नाघ्यो

काठमाडौं, १० बैशाख । विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ७७ हजार नाघेको छ भने संक्रमितको संख्या साढे २५ लाख भन्दा बढि रहेका छन् ।

मंगलबारसम्म कोरोना भाइरसले विश्वका १ लाख ७७ हजार ४ सय ५९ जनाको ज्यान लिइसकेको छ। २५ लाख ५५ हजार ७ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।

कूल संक्रमितमध्ये हालसम्म ६ लाख ९० हजार २ सय १९ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्केका छन्।

हालः विश्वका विभिन्न अस्पताल तथा घरमै बसेर कोरोना भाइरसका १६ लाख ८८ हजार ५९ जना बिरामी उपचारत छन्। यीमध्ये ५७ हजार २ सय ५४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने १६ लाख ३० हजार ८ सय ५ जनाको अवस्था सामान्य रहेको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here