भारतमा कोरोनाबाट एकैदिन ५३ को मृत्यु, संक्रमितको संख्या २० हजार नाघ्यो

काठमाडौं, १० बैशाख । भारतमा कोरोना भाइरसको संक्रमण तिब्र गतिमा बढेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ५३ जना संक्रमितको ज्यान गएको छ। भारतमा कोरोनाबाट एकैदिन ज्यान गुमाउनेको संख्या सबैभन्दा धेरै हो ।

तथ्याङ्कअनुसार मंगलबार एकैदिन भारतमा १ हजार ५ सय ४१ जना कोरोना भाइरसका नयाँ बिरामी थपिएका थिए भने ५३ जनाको मृत्यु भएको थियो।

योसँगै भारतमा कोरोना भाइरस संक्रमितको कूल संख्या २० हजार ८० पुगेको छ भने ६ सय ४५ जनाले ज्यान गुमाइसकेका छन्। यो सँगै भारतमा कोरोना संक्रमितको संख्या २० हजार ८० पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here