काठमाडौंबाट मजदुर बोकेर दोलखा जाँदै गरेको बस दुर्घटना

काठमाडौं, १० बैशाख । काठमाडौंबाट मजदुर बोकेर दोलखा जाँदै गरेको बस रामेछापको मन्थली नगरपालिकास्थित कुनौरीमा दुर्घटना भएको छ।

मंगलबार लकडाउनमा काठमाडौंमा अलपत्र परेका मानिसलाई लिएर दोलखाको जफेका लागि छुटेको बा २ ख ६८१८ नम्बरको मिनीबस मन्थली नगरपालिका–६ कुनौरीमा बुधबार बिहान दुर्घटना हुँदा २८ जना घाइते भएका छन्।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको र केही घाइतेलाई काठमाडौंको ट्रमा सेन्टर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय रामोछापले जनाएको छ। सामान्य घाइते भने उपचारपछि डिस्चार्ज भएका र बाँकी घाइतेको तामाकोशी सहकारी अस्पताल मन्थलीमा उपचार भइरहेको प्रहरीले बताएको छ।

गाडीमा बालबालिकासहित करिब ४० जना रहेको बताइएको छ । ब्रेक फेल भएर गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here