वेस्टर्न युनियन मनि ट्रान्सफरको सुविधा अब घर-घरमा

काठमाडौं । नेपालमा वेस्टर्न युनियन मनि ट्रान्सफरले होम डेलिभरी सेवा प्रवाह गर्ने भएको छ ।

अन्नपूर्ण ट्राभल एण्ड टुर्स तथा हुलास रेमिटान्सले नेपालमा वेस्टर्न युनियन मनि ट्रान्सफरको होम डेलिभरी सेवा प्रवाह गर्ने घोषणा गरेको छ ।

सरकारले नागरिकहरुको सुरक्षाका लागि कोभिड-१९ लकडाउन र प्रतिबन्ध लागू गरेपछि अन्नपूर्ण ट्राभल एण्ड टुर्स तथा हुलास रेमिटान्सले उनीहरुको रकम घरमै पुर्याउने भएको छ । होम डेलिभरी सुविधा आईतबारदेखि शनिबारसम्म १० बजेबाट ४ बजेसम्म उपलब्ध हुनेछ ।

कसरी सम्पर्क गर्ने ?

एकपटक प्रेषकद्वारा पैंसा पठाएको जानकारी प्रापकले प्राप्त गरेपछि उनीहरुले अन्नपूर्ण ट्राभल एण्ड टुर्स वा हुलास रेमिटान्समा सम्पर्क गरेर नजिकैको शाखा पत्ताल गाउन सक्नेछन् । कल सेन्टरको नम्बरहरु निम्न रहेका छन् ।
अन्नपूर्ण ट्राभल एण्ड टुस : ०१४२२३५३०
हुलास रेमिटान्स : ९८५१०१९९७३

एजेन्टका होम डेलिभरी टिमलाई पठाइनेछ । एजेन्टका प्रतिनिधिहरुले ग्राहकलाई सम्पर्क गरेर होम डेलिभरी प्रक्रियालाई अगाडि बढाउन परिचय पत्रको प्रतिलिपि व्हाटस् एप गर्न र सम्बन्धित सम्पूर्ण जानकारी प्रमाणित गर्न अनुरोध गर्नेछन् ।

एकपटक विवरण प्राप्त र प्रमाणित भएपछि, एजेन्ट प्रतिनिधिहरु प्रापकको घरमा रकमसहित पुग्नेछन् । रकम हस्तान्तरण गर्नु अगाडि, एजेन्टका प्रतिनिधिले प्रापकको सक्कली परिचयपत्रसँग प्रमाणित गर्नेछन् । सफल प्रमाणिकरण पश्चात एजेन्टको प्रतिनिधिले ट्रान्जेक्शन रिसिप्टमा हस्ताक्षर गराएर रकम हस्तान्तरण गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here