दाम्पत्य सम्बन्धमा दुरी पैदा गर्दे छ सामाजिक सञ्जालले

प्रविधिको नयाँ नयाँ आविष्कार र प्रयोगको कारण मानिसको दैनिक जीवन सहज त भएको छ । तर, त्यही प्रविधिको अत्याधिक प्रयोगको कारण आफ्नो दैनिक जीवन र सम्बन्धहरुमा नै नकारात्मक प्रभाव पारेको उदाहरणहरु हाम्रो सामु धेरै नै छन् ।

सामाजिक सञ्जालको प्रयोगको कारण दुरदराजका मानिसहरु त साथी बनिरहेका छन् तर, आफ्नो नजिकका सम्बन्धका मानिसहरु भने टाढा हुँदै गइरहेको पनि हामी देख्न सक्छौं ।

यदि तपाईं पनि सामाजिक सञ्जालहरुको प्रयोग धेरै मात्रामा गरिराख्नु हुन्छ भने यो समाचार तपाईंको लागि हो ।

भर्खरै भएको एक अनुसन्धान अनुसार सामाजिक सञ्जालको धेरै मात्रामा प्रयोग गर्ने बानीको कारण सम्बन्धहरुमा नकारात्मक प्रभाव पर्छ ।

आज हामी सामाजिक सञ्जालको दुनियाँमा यति धेरै डुबिसकेका छौं की त्यसको असर हाम्रो वैवाहिक सम्बन्धहरुमा पनि देखिन थालेको छ । पार्टनरसँग भन्दा धेरै समय हामी सामाजिक सञ्जालहरुमा बिताउने गरेका छौं ।

आफ्नो जीवनसाथी सँगै छ वा छैन भन्ने कुरामा ध्यान नगरी हामी आफ्नो मोबाईल वा सामाजिक सञ्जालहरुको प्रयोगमा नै व्यस्त रहने गर्छौं ।

यसरी सामाजिक सञ्जालमा नै व्यस्त भइरहेको समयमा तपाईंले कहिल्यै सामाजिक सञ्जालको प्रयोग प्रतिको बढ्दो झुकावको कारणले तपाईंको सम्बन्धहरुमा नकारात्मक प्रभाव पारिरहेको छ कि छैन भनेर कहिल्यै सोच्नुभएको छ ?

सामाजिक सञ्जालले तपार्इं र तपाईंको जीवनसाथीको बीचमा दुरी पैदा गरिरहेको छ । झट्ट सुन्दा होईन जस्तो लाग्न सक्छ तर, भर्खरै भएको एक नयाँ अनुसन्धानले पनि यो कुरा प्रमाणित गरेको छ ।

कसरी दुरी बढाउँछ सामाजिक सञ्जालले ?

प्लस वन जर्नलमा प्रकाशित रिर्पोट अनुसार यदि तपाईंको सामाजिक सञ्जालहरुमा आवश्यकता भन्दा धेरै समय बिताउने बानी छ भने, उक्त बानीको कारण तपाईंको सम्बन्धमा नकारात्मक प्रभाव परिरहेको छ ।

यो अध्ययनलाई कर्नेगी मेलोन युनिर्भसिटी र युनिर्भसिटी अफ क्यान्सासका अनुसन्धानकर्ताहरुले पुरा गरेका थिए । यस रिपोर्टमा सामाजिक सञ्जालमा आफ्नो सम्बन्धलाई धेरै फैलाउने बानीको कारणले पनि सम्बन्धहरुमा समस्या आउन सक्ने खुलाशा गरिएको छ ।

अनुसन्धानमा सामाजिक सञ्जालहरुमा आफ्नो बारेमा वा आफ्नो व्यक्तिगत जानकारीहरु धेरे मात्रामा सेयर गर्ने बानीको कारण पनि तपाईंको जीवनमा उसको खास महत्व छैन भन्ने खालको धारणा तपाईंको मनमा आउने गर्छ । त्यसै कारण तपाईंको पार्टनरले आफूलाई एक्लो महसुस गर्न सक्छन् ।

सामाजिक सञ्जालका पोस्ट बारेमा छलफल गर्नुहोस्

यस समस्याको समाधानका लागि शोधकर्ता ओमरी गेलिथले भनेका छन, ‘यदि तपाईं सामाजिक सञ्जालहरुमा आफ्नो सम्बन्धको बारेमा वा व्यक्तिगत जानकारीहरु सेयर गर्दै हुनुहुन्छ भने त्यस बारेमा पहिल्यै नै आफ्नो पार्टनरसँग आवश्यक छलफल गर्नुपर्छ ।’

यस्तो बानीले सामाजिक सञ्जालको प्रयोगको कारण सम्बन्धमा हुने समस्याहरुलाई कम गर्न सकिन्छ ।

यहि अनुसन्धानमा भनिएको छ, ‘यदि तपाई सामाजिक सञ्जालहरुमा आफ्नो साथीको फोटो सेयर गर्ने वा अरुको बारेमा केहि राम्रो कुरा लेख्ने गर्नुहुन्छ भने यसकारण पनि राम्रो सम्बन्धको बिकास हुन्छ ।’

अनुसन्धानको सारांश सामाजिक सञ्जालको प्रयोग त गर्नुपर्छ तर प्रयोगको नाममा आफ्नो पार्टनर, परिवार, साथीभाई वा आफ्नो सम्बन्धलाई नै बिर्सने गरि प्रगोग गर्नुहुन्न भन्ने हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here