नेपालमा थप तीन जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५ पुग्यो

काठमाडौं, १० बैशाख । नेपालमा थप तीन जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार धरानको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।

२४ वर्षीय, ६० वर्षीय र ७२ वर्षीय पुरूषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४५ पुगेको छ भने त्यसमध्ये सात जना निको भएर फर्किएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here