कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ८४ हजार नाघ्यो, २६ लाख संक्रमित

काठमाडौं, ११ बैशाख । विश्वभर कोरोना भाइरसको संक्रमणबाट १ लाख ८४ हजार १ सय ८६ जनाको मृत्यु भएको छ।

विश्वमा २६ लाख ३६ हजार ९ सय ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

कोरोना भाइरसका ७ लाख १७ हजार ५ सय २७ जना संक्रमित उपचारपछि निको भइ अस्पतालबाट घर फर्केका छन्।

अहिले विश्वभर १७ लाख ३५ हजार २ सय ७१ जना कोरोना संक्रमित उपचारत छन्। उपारतमध्ये ५६ हजार ६ सय ७४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने १६ लाख ७८ हजार ५ सय ९७ जनाको अवस्था सामान्य रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here