लकडाउनको एक महिना: ७७ हजार ५ सय ५८ मेट्रिक टन खाद्यान्न भित्रियो

काठमाडौं, ११ बैशाख । कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउन गरेको एक महिना पुगेको छ ।

फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएसँगै कोरोनासम्बन्धी उच्चस्तरीय समितिको बैठकले लक डाउन गर्ने निर्णय गरेको थियो ।

संक्रमण विस्तार रोक्नका लागि सरकारले लगाएको लकडाउनमा पनि अत्यावश्यक वस्तु आयात रोकिएको छैन् ।

भन्सार विभागको तथ्यांक अनुसार चैत ११ देखि एक महिनाको अवधिका ७७ हजार ५ सय ५८ मेट्रिक टन खाद्यान्न भित्रिएको छ ।

त्यस्तै २४ हजार दुई सय १८ मेट्रिक टन दलहन, ४० हजार ९९ मेट्रिक टन तरकारी, १० हजार आठ सय १८ मेट्रिक टन फलफुल र १० हजार ९ सय ९६ मेट्रिक टन दुग्धजन्य पदार्थ आयात भएको मन्त्रालयले जनाएको छ।

सरकारले लकडाउनका अवधिमा पनि यी अत्यावश्यक वस्तुहरूको आयात सुचारु राख्ने निर्णय गरेको थियो । मुलुकमा उत्पादित खाद्यान्नले आन्तरिक माग धान्न नसक्ने कारण नेपालले हरेक वर्ष अर्बौंको खाद्यान्न, तरकारी, फलफूल आयात गर्दै आएको छ ।

चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो ८ महिनामा अर्थात फागुन मसान्तसम्म सम्म २१ अर्ब ८३ करोड रुपैयाँबराबरको धान चामल आयात भएको छ । नेपालमा चीन, भारत, थाइल्यान्ड, दक्षिण कोरिया, जापानलगायतका मुलुकबाट धान चामल आयात हुन्छ ।

गत आर्थिक वर्ष २०७५/७६ को पहिलो ८ महिनामा ३६ अर्ब ७१ करोड रूपैयाँ मूल्यबराबरको खाद्यान्न, १९ अर्ब ७१ करोड रूपैयाँ मूल्यबराबरको तरकारी तथा १३ अर्ब ५१ करोड रूपैयाँ मूल्यबराबरको फलफूल आयात भएको थियो ।

एकै दिन काठमाडौं आइपुगे ४३ ट्रक

खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु लिएर एकै दिन ३ सय ४३ ट्रक काठमाडौं भित्रिएका छन्।

मन्त्रालयका अनुसार तरकारी बोकेका १ सय ३१, चामल बोकेका ५५, दूध बाकेका २४, कुखुरा बोकेका २१ ट्रक बुधबार उपत्यका भित्रिएका हुन्।

यसैगरी औषधि बोकेका २०, फलफूल बोकेका १८, घिउ/तेल र अन्डा बोकेका १३/१३, मैदा बोकेका ७ ट्रक नेपाल आइपुगेका हुन्।

त्यस्तै मकै बेकेका ६, दाल बेकेका ५, गहुँ र डिजल बेकेका ४/४, अक्सिजन तथा चिनी बेकेका दुई, नुन र पेट्रोल एक/एक गरी ३ सय ४३ वटा ट्रक काठमाडौं आइपुगेको आपूर्ति मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here