कोरोना उपचार कोषमा प्राइम लाइफ इन्स्योरेन्सको साढे ७ लाख सहयोग

काठमाडौं, ११ बैशाख । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना विरुद्धको लडाइमा ७ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा उक्त रकम उपलब्ध गराएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार भट्टराईले जानकारी दिए ।

उक्त रकमको चेक कोषलाई हस्तान्तरण गरिसकेको कम्पनीले जनाएको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विपतको बेलामा सरकारलाई सहयोग गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here