विपद्को साथी स्थानीय सरकार: विपन्न परिवारलाई घर–घरमा खाद्यान्न

पप्पु गुरुङ्ग, दोधारा, ११ बैशाख । माहाकालीका स्थानीय सरकार कोरोना रोकथाम तथा नियन्त्रणमा लागिरहेको छ ।

कोरोना भाइरसको महामारी परेका बेला माहाकाली नगरपालिका अहिले वडाहरुमा भारत तथा विदेशबाट फर्किएकाको लगत संकलन गरी निगरानी कक्ष (क्वारेन्टिन) मा राख्ने, होम क्वारेन्टाईनमा राख्ने, विपद् व्यवस्थापन कोष स्थापना, विपन्न वर्गलाई खाद्यान्न उपलब्ध गराउने, जनचेतना फैलाउने लगाएत कार्यमा सक्रियता देखाइरहेका छन् ।

भारतमा रोजगारीको लागी गएका कोरोना भँइरसको कारण लकडाउनमा उतै फसेका माहाकाली नगरपालिकाका निवासीहरुको लगत संकलनको लागी अनलाईन फारम पनि सार्वजनिक गरेको छ् । उक्त अनलाईन फारम भर्नेको संख्या झण्डै २ हजार पुगेको माहाकाली नगरपालिकाका नगर प्रबक्ता तथा वडा नं. ६ का वडा अध्यक्ष दिल बहादुर सिजालीले जानकारी दिएका छन् ।

कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि एक करोडको विपद् व्यवस्थापन कोष स्थापना गरे संगै बिभिन्न संघ–संस्था तथा ब्यक्तीहरुले गर्दै आएको सहयोग कोष स्थापना संगै सहयोग समेत थपिदै गएको छ् ।

माहाकाली नगरपालिकामा बसोबास गर्ने लकडाउनका समयमा मजदूरी गरेर बिहान बेलुकाको छाक टार्ने तथा बिपन्न परिवारका झण्डै २ हजार बढी विपन्न परिवारलाई खाद्यान्न वितरण कार्य सुरु गरिएको छ् ।

भारत संग जोडिएको खुला सिमानाको कारण माहाकाली नगरपालिका क्षेत्रमा रातीको समयमा भारतबाट आउनेहरुको कारण माहाकाली नगरपालिका क्षेत्र कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको माहाकाली नगरपालिकाका नगर प्रबक्ता तथा वडा नं. ६ का वडा अध्यक्ष दिल बहादुर सिजालीले जानकारी दिएका छन् ।

नगरपालिकाका ३ स्थानमा क्वारेन्टाइन सञ्चालन ल्याइएको छ् । भारतबाट घर फर्किने अवस्थालाई मध्यनजर राख्दै वडा–वडामा क्वारेन्टाईन बनाउने तयारी समेत गरिएको छ् ।

भानु बहुमुखी क्याम्पस, मालिका आधारभुत बिद्यालय र जानज्याती माध्यमिक बिद्यालयमा क्वारेन्टाईन संचालनमा ल्याएको बताईएको छ् । क्वारेन्टाईन तथा होम क्वारेन्टाइनमा राखिएकाहरुमा मध्य १९ जनालाई ¥यापिड टेष्ट गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ् ।

माहाकाली नगरपालिका स्थित रहेको रहेका स्वास्थ्य संस्थाहरुलाई आधुनिकरण गर्ने प्रयास भईरहेको छ भने, कोरोना भाईरस संगको लडाईमा फ्रन्टलाईनमा उभिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुलाई सुरक्षाको बिशेष ध्यान दिन थालिएको छ् ।

स्थानीय स्तरमा जनचेतना फैलाउने, कीटनाशक औषधी छर्कने, मास्क तथा सेनिटाईजर बितरण कार्य गर्दै आएको छ् । माहाकाली नगरपालिका नगर कार्यपालिकाको बैठकले कोरोना भाइरस संक्रमण रोक्न रु. एक करोडको विपद् व्यवस्थापन कोष समेत खडा गरेको छ् ।

माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले वडा–वडामा बिपन्न परिवारलाई बितरण गरिएको खाद्यान्नको स्थालगत अनुगमन गरेका छन् । माहाकाली नगरपालिका वडा नं. १, ३, ४, ५, ९ ले खाद्यान्न बितरण सुरु गरिसेको छ भने, अन्य वडाहरुले खाद्यान्न बितरण गर्नु तयारी गरेको माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले बताएका छन् ।

‘लकडाउनले गरिब तथा बिपन्न परिवारमा पर्न गएको समस्यालाई मध्यनजर राख्दै खाद्यान्न बितरण कार्य थालिएको हो’ माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले बताएका छन् ।

अतिबिपन्न परिवारको एक घरधुरीको लागी १४ केजी चावल, १ केजी दाल, १ किलो नुन र १ लिटर खाने तेल माहाकाली नगरपालिकाले बितरण गर्न थालेको हो । बिपद्को साथी माहाकाली नगरपालिकाको स्थानिय सरकार भन्दै स्थानियहरुले खुशी ब्यक्त गरेको छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here