थप दुई जनामा देखियो कोरोना, संक्रमितको संख्या ४७ पुग्यो

काठमाडौं, ११ बैशाख । थप दुई जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । बिहीबार उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको हो ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुईजनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

यो सँगै कोरोना सक्रमितको संख्या ४७ पुगेको छ। बुधबार एकैदिन तीन जनामा कोरोना संक्रमण देखिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here