सनसिटी अपार्टमेन्टमा बस्ने दुई जना कोरोना संक्रमितको डिस्चार्ज

काठमाडौ, ११ बैशाख । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जना कोरोनाभाइरस संक्रमित डिस्चार्ज भएका छन्।

अस्पताल भर्ना भएको १० दिनपछि ८१ वर्षीया आमा र ५८ वर्षीय छोरा निको भएर डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित प्रेस ब्रिफ्रिङका क्रममा जानकारी दिए।

चैत पहिलो साता बेलायतबाट फर्किएका उनीहरूलाई केही दिनअघि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो।

उनीहरूलाई वैशाख १ गते र्‍यापिड टेस्ट गर्दा कोरोनाभाइरसको एन्टिबडी पोजेटिभ देखिएको थियो। त्यही दिन उनीहरूलाई पाटन अस्पतालमा भर्ना गरिएको थियो।
डिस्चार्ज भएका आमाछोरासँगै कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या ९ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here