कोरोना संक्रमितको संख्या २७ लाख नाघ्यो, मृतकको संख्या २ लाख नजिक

काठमाडौं, १२ बैशाख । विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख ९० हजार नाघेको छ।

हालसम्म विश्वक २७ लाख बढीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भइसकेको छ।

तथ्याङ्कअनुसार गएको २४ घन्टामा मात्रै यसको संक्रमणबाट विश्वभर ६ हजार ५ सय ६९ जनाले ज्यान गुमाएका छन्। यो सँगै मृत्यु हुनेको संख्या १ लाख ९० हजार ४ सय ९६ पुगेको छ।

हालसम्म कूल संक्रमतिमध्ये ७ लाख ४५ हजार ६ सय २० जना उपचारपछि निको भइ अस्पतालबाट घर फर्केका छन्। अहिले विश्वका विभिन्न अस्पताल र घरमै बसी कोरोना भाइरसको उपचार गरिरहनेको संख्या १७ लाख ८२ हजार ४ सय २५ रहेको छ।

उपचारतमध्ये ५८ हजार ६ सय ७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने १७ लाख २३ हजार ७ सय ४७ जनाको अवस्था सामान्य छ।

विगत २४ घन्टामा सबैभन्दा बढी अमेरिकामा २ हजार ३ सय २२ जनाको मृत्यु भएको छ। यो सँगै अमेरिकामा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ४९ हजार ८ सय ४२ पुगेको छ।

नेपालमा हालसम्म ४८ जनामा कोरोना भाइरसको संक्रमण रहेको पाइएको छ। यीमध्ये ९ जना उपचारपछि निको भइ घर फर्किसकेका छन् भने ३९ जनाको उपचार चलिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here