दोधारा चाँदनीका एम्बुलेन्स चालकलाई कुमाल भाईद्धारा पिपिइ प्रदान

पप्पु गुरुङ्ग, दोधारा,१२ । प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका एम्बुलेन्स चालकलाई कुमाल भाईद्धारा पिपिइ प्रदान गरिएको छ् ।

माहाकाली नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका दुई एम्बुलेन्स चालकलाई २ थान पिपिइ सेट र सर्जिकल मास्क नेकपा माहाकालीका नगर सचिव भिम कुमाल र उनका दाई तथा मुनलाईट हार्डवेरका प्रो. श्री कल्लु कुमालले प्रदान गरेको माहाकाली नगरपालिकाका नगर प्रबक्ता तथा वडा नं. ६ का वडा अध्यक्ष दिल बहादुर सिजालीले जानकारी दिएका छन् ।

कोभिड १९ नियन्त्रण तथा रोकथाममा फ्रन्टलाईनमा उभिएका एम्बुलेन्स चालकहरुलाई जोखिमबाट जोगाउन उनिहरुलाई २ थान पिपिइ सेट र सर्जिकल मास्क प्रदान गरिएको नेकपा माहाकालीका नगर सचिव भिम कुमालले जनाएका छन् ।

एम्बुलेन्स चालकहरुले स्थानिय स्तरमा निमार्ण गरेको पिपिई लगाउदै गरेको र उक्त स्थानिय स्तरमा निमार्ण गरेको पिपिइ गर्मी लाग्ने संगै भरपर्दो नभएको भन्दै नेकपा माहाकालीका नगर सचिव भिम कुमाल र उनका दाई तथा मुनलाईट हार्डवेरका प्रो. श्री कल्लु कुमालले ब्यक्तीगत रकमबाट पिपिइ र सर्जिकल मास्क खरिद गरि हस्तान्तरण गरिएको बताईएको छ् ।

नेकपा माहाकालीका नगर सचिव भिम कुमालले हस्तान्तरण गर्दै माहाकाली नगरपालिका क्षेत्र खुला सिमा क्षेत्र भएको हुदा नगरबासी उच्च जोखिममा रहदै आएको हुदा सिमा क्षेत्रमा कडाई संगै मौलाउदै गरेको कालो बाजारीलाई रोक्न माहाकाली नगरपालिका र स्थानिय प्रशासनले चाडै पहल गर्नु पर्ने बताए ।

नगरलाई स्वास्थ्य र निरोगी बनाउनु हामी सबैको दायित्व बताउदै कोभिड १९ संगको युद्धमा फ्रन्ट लाईनमा उभिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारहरुलाई माहाकाली नगरपालिकाले बिशेष ध्यान दिनु पर्ने नेकपा माहाकालीका नगर सचिव भिम कुमालले बताएका छन् ।

कुमार भाईद्धारा यस अघि प्राथमिक स्वास्थ्यकर्मीलाई पिपिइ सेट तथा माहाकाली नगरपालिकाका अतिबिपन्न परिवारको लागी २० पेटी चाउचाउ, २० पेटी बिस्कुट र नगद रु. ५० हजार समेत प्रदान गरेका हुन् ।

माहाकाली नगरपालिकाका नगर प्रबक्ता तथा वडा नं. ६ का वडा अध्यक्ष दिल बहादुर सिजालीले नेकपा माहाकालीका नगर सचिव भिम कुमाल र मुनलाईट हार्डवेरका प्रो. श्री कल्लु कुमालले यस्तो बिषम पस्थितीमा माहाकाली नगरपालिकाका जनताको स्वास्थ्यको निकै सहयोग गर्दै आउनुभएको बताएका छन् ।

अझै सम्म काभिड १९ को संक्रमण रोक्न ब्यक्तीगतरुपमा सबै भन्दा बढी सहयोग उहा“हरुले गरेको नगर प्रबक्ता सिजालीले बताएका छन् । माहाकालीका जनतालाई बिपद्को सामना गर्दै गरेको अवस्थामा भिम कुमाल र उनका दाई निकै चिन्तीत भएको आफुहरुले देख्दै आएको बताउदै नगर प्रबक्ता सिजालीले दुबै भाईहरुलाई माहाकाली नगरपालिकाले उच्च सम्मान गर्दै आएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here