काठमाडौं, १२ बैशाख । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको छ।
शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा बसेको मन्त्रिपरिषद् बैठकले विवादमा परेको उक्त अध्यादेश फिर्ता लिने निर्णय लिएको हो।
पार्टीभित्रै र बाहिर पनि विवाद बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत सोमबार जारी गरेका राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ र संवैधानिक परिषद सम्बन्धी अध्यादेश खारेज गर्ने निर्णय गरेका हुन्।
मन्त्रिपरिषद्बाट फिर्ताको निर्णय भएपछि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने कानुनी व्यवस्था छ।