भारतमा कोरोना संक्रमित २४ हजार भन्दा बढी, एकैदिन ५९ जनाको मृत्यु

काठमाडौं, १३ बैशाख । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७८० पुगेको छ।

कोरोनाबाट संक्रमित हुनेको संख्या २४ हजार, ४४७ पुगेको छ। पछिल्लो २४ घन्टामा भारतमा १४ सय बढी संक्रमित थपिएका थिए।

शुक्रबार एकैदिन ५९ जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरुले जनाएका छन्।

भारतमा सबैभन्दा बढी संक्रमित हुनेहरु महराष्ट्र प्रदेशमा रहेका छन्। त्यहाँ हालसम्म ६४ सय बढी संक्रमित भेटिएका छने भने २८३ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै गुजरातमा २६ सय बढी कोरोना संक्रमित रहेका छन् भने ११२ जनाको मृत्यु भएको छ। राजधानी दिल्लीमा भने कोरोना संक्रमितको संख्या करिब २४ सय रहेको छ भने मृत्यु हुनेको संख्या ५० भन्दा धेरै पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here