क्लाउडलयले डिजिटलवसन र लिनोडको क्लाउड सेवा प्रदान गर्दै

काठमाडौं । नेपाली कम्पनीलाई लक्षित गर्दै क्लाउडलयले डिजिटलवसन र लिनोडको (Digitalocean and Linode) क्लाउड सेवा प्रदान गर्ने भएको छ ।

क्लाउडलय डटकम (Cloudlaya.com )मार्फत नेपालमा क्लाउड होस्टिङ् सेवा दिदै आएको उक्त कम्पनीले डिजिटलवसन र लिनोडसँगको सहकार्यमा क्लाउड सेवा दिन लागेको क्लाउडलयका प्रमुख नविन अधिकारीले बताए ।

क्लाउडलय तीनवर्षदेखि वेभ होस्टिङ् डोमेन दिँदै आएको कम्पनी हो । क्लाउडलयको प्रमुख योजना भनेको साना तथा मझौला खालको व्यापारलाई अनलाइन मार्फत प्रचार, प्रसार गर्दै सम्पूर्ण ग्राहक सम्म पुर्‍याउनेले अधिकारीको दाबी छ ।

कोरोना भाइरसको कारण मर्कामा परेका साना व्यवसायलाई अनलाइनको मार्फत यसरी प्रचार गर्दा लगानीकर्तालेले ठूला राहत महशुस गर्ने र ग्राहकहरुमा पनि विश्वासनियता बढि हुने उनको बताए ।

कोरानाको त्रास र लाकडाउनका कारण अधिकांसले सामान किन्न अनलाइनकै भर पर्ने गरेको अवस्थामा अनलाइन सेवादिँदै आएका व्यवसायीहरुले क्लाउडलयसँग सहकार्य गरेमा थप फाइदा पुग्नेछ ।

यसको लागि पूर्वाधार, डोमेन, इमेल सेवाहरको आवश्यक पर्नेछ । नेपालमा डाटा प्रदान गर्ने कम्पनीहरुको नजर ठूलामा मात्र पर्ने गरेको र साना कम्पनीहरुलाई डाटा प्रदान गर्ने कम्पनीहरु कमैमात्रामा रहेको छ । यसको सम्पूर्ण सेवा क्लाउडलयसँग सहकार्यमा पाईने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here