भारतमा कोरोना संक्रमितको संख्या २६ हजार नाघ्यो, एकैदिन १८ सय थपिए

काठमाडौं,१४ बैशाख । भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

आइतबारसम्म भारतमा कूल कोरोना संक्रमितको संख्या २६ हजार २ सय ८३ पुगेको छ। भारतमा हालसम्म कोरोनाका कारण ८ सय २५ जनाले ज्यान गुमाइसकेका छन्।

शनिबार एकैदिन १ हजार ३६ जना कोरोना भाइरसका नयाँ बिरामी उपचारको लागि अस्पताल पुगेका थिए भने ४५ जनाले ज्यान गुमाएका थिए।

भारतमा रहेका संक्रमितमध्ये ५ हजार ९ सय ३९ जना उपचारपछि निको भई घर फर्किसकेका छन्। अहिले १९ हजार ५ सय १९ जना भारतमा उपचारत छन्। भारतले हालसम्म ५ लाख ७९ हजार ९ सय ५७ जनामा कोरोना भए(नभएको परीक्षण गरिसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here