अनलाइन कक्षा सञ्चालन गर्न त्रिविले जारी गर्‍याे निर्देशिका, हाजिरी अनिवार्य

काठमाडौं, १४ बैशाख । त्रिभुवन विश्वविद्यालयले अनलाइन माध्यमबाट सबै क्याम्पस तथा विभागमा पढाउन आचारसंहितासहितको निर्देशिका जारी गरेको छ।

त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक परिषद् तथा कार्यकारी परिषदको बैठकले कोरोना भाइरसका कारण लामो समय कलेजहरु बन्द रहेकाले अनलाइनमार्फत पठनपाठन सञ्‍चालन गर्न आग्रह गर्दै निर्देशिका जारी गरेको हो ।

निर्देशिकामा ‘कक्षा सञ्चालन गर्ने हरेक विभाग, स्कुल र क्याम्पसले गुणस्तरीय इन्टरनेट, ल्यापटप तथा कम्प्युटररफोन, वैकल्पिक वजुलीसमेतको व्यवस्था गर्न’ भनिएको छ।

अनलाइन कक्षा प्रभावकारी बनाउन विज्ञ समूहको व्यवस्था गर्ने, विद्यार्थीसँग इन्टरनेट पहुँचरभए नभएको सर्भे गर्नेलगायत काम पूर्वतयारीमा राखिएको छ।

सम्वन्धित विभाग प्रमुखको निर्देशन र नियन्त्रणमा रहने गरी अनलाइन कक्षा सञ्चालनको व्यवस्थापन मिलाउन पनि निर्देशिकाले भनेको छ।

निर्देशिकाले त्रिविका स्कुल, विभाग र क्याम्पसबाहेक पूर्णकालीन शिक्षकलाई अन्य शैक्षिक संस्थाको अनलाइन कक्षामा सहभागी हुन रोक लगाएको छ। यस्तै कक्षामा विद्यार्थीलाई अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ।

थोरै शुल्कमा इन्टरनेट उपलब्ध गराउने तयारी गरेको त्रिविले जनाएको छ।सरकारले चैत ५ गतेदेखि सम्पूर्ण स्कुल कलेज बन्द‍ गर्ने घोषणा गरेको थियो भने चैत ११ देखि देशभर लकडाउन घोषणा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here