लेखा समितिले ओम्नीसँगको खरीद प्रक्रियाको छानविन गर्ने, स्वास्थ्य मन्त्रालयसँग कागजात मागियो

काठमाडौं, १४ बैशाख । कोरोनाभाइरसको रोकथाम तथा उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री खरीदको ठेक्कामा भएको भ्रष्टाचारको अध्ययन गर्न संघीय संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग कागजात मागेको छ ।

समितिले मन्त्रालयसँग ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनलसँग सरकारले विनाप्रतिस्पर्धा गरेको खरीद प्रक्रियाको कागजात मागेको हो ।

सचिव रोजनाथ पाण्डेले मन्त्रालयलाई समितिको निर्देशन पठाउँदै मन्त्रालयको प्रतिक्रिया, त्यसलाई पुष्टि हुने कागजात र खरिद प्रक्रियासँग सम्बन्धित सम्पूर्ण कागजपत्रहरु सात दिन भित्र उपलब्ध गराउन भनेका हुन् ।

कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले स्वास्थ्य सेवा विभागमार्फत विना प्रतिस्पर्धा ओम्नीलाई स्वास्थ्य उपकरण तथा आवश्यक सामग्री खरीद गर्ने अनुमति दिइएको थियो ।

ओम्नीले अत्यावश्यक स्वास्थ्य सामग्री चल्तीको मूल्यभन्दा चालिसौं गुणासम्म महँगोमा किनेको बताएपछि त्यसको चौतर्फी बिरोध भएको थियो । स्वास्थ्य मन्त्रालय र सरकार दुवैले खरीद प्रकराणमा भएको भ्रष्टाचारबारे चित्तबुझ्दो जवाफ दिन सकेका छैनन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here