भारतमा कोरोना संक्रमितको संख्या २८ हजार नजिक

काठमाडौं, १५ बैशाख । भारतमा कोरोना भाइरस संक्रमित हुनेको संख्या २७ हजार नाघेको छ ।

आइतबार एकैदिन १६ सय बढी संक्रमित थपिएसँगै संक्रमितको संख्या २७ हजार ८९० पुगेको हो ।

वर्ल्डोमिटरको तथ्यांकमा अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ८१ पुगेको छ। आइतबार थप ५६ जनाको मृत्यु भएको छ ।

भारतमा सबैभन्दा बढी प्रभावित क्षेत्र महाराष्ट्र रहेको छ। त्यहाँ हालसम्म साढे ६ हजार बढी संक्रमित रहेका छन् भने करिब ३ सयको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here