कोरोनाभाइरस नियन्त्रण तथा रोकथाम कोषमा एलपी ग्याँस उद्योग संघको १५ लाख

काठमाडौं, १५ बैशाख । नेपाल एलपी ग्याँस उद्योग संघले सरकारले स्थापना गरेको कोरोनाभाइरस नियन्त्रण तथा रोकथाम कोषमा रु. १५ लाख आर्थिक सहयोग गरेको छ ।

संघका अध्यक्ष गोकुल भण्डारीले बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई उक्त सहयोग रकम बराबरको चेक आइतबार हस्तान्तरण गरेका हुन् ।

चेक स्वीकार गर्दै मन्त्री भट्टले मुलुकमा रहिरहेको लकडाउनले आम सर्वसाधारणहरुको जीवनयापनमा आइपरेको संकटको यस घडीमा समेत ग्याँस उद्योग संघले खाना पकाउने एलपी ग्यास अभाव हुन नदिएको भन्दै ब्यवसायीलाई धन्यवाद दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here