पर्यटन क्षेत्र सुधारका लागि आगामी बजेटमा प्याकेज घोषणा हुने

काठमाण्डौ, १५ बैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आगामी नीति तथा कार्यक्रम र बजेटमा सरकारले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि प्याकेज घोषणा हुने बताएका छन् ।

सोमबार मन्त्रालयमा नेपाल चेम्बर अफ कमर्शको सुझाव बुझ्दै उनले कोरानाका कारण सवै भन्दा बढी प्रभाव पर्यटन क्षेत्रमा परेको भन्दै आउने बजेट र नीति तथा कार्यक्रम पर्यटन सुधारको प्याकेज घोषणा हुने बताएका हुन् ।

सरकारले पर्यटन क्षेत्रको विकासको काम गरि रहेको पनि उनको भनाइ छ ।
उनले सरकारले एयरलाईन्स होटल, रेस्टुरेन्ट मर्जको नीति बनाएर लागु गर्ने बताए ।

कोरानभाइरसले पर्यटन क्षेत्रमा गंभीर असर पारेको भन्दै पर्यटनको पुनरुत्थानको लागि नेपाल चेम्बर अफ कर्मशले सरकारलाई सुझाव दिएको हो ।

सोमबार चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठको टोलीले पर्यटन मन्त्री भट्टराईलाई भेटी उक्त सुझाव दिएका हो ।

आन्तरिक पर्यटन प्रबद्धन गर्न लागि निजामति तथा संगठित संस्थाका कर्मचारीहरु र नागरिकहरुलाई प्रोत्साहन प्याकेज सहित आन्तरिक प्रेरित गर्नुपर्ने, कोरोनाबाट प्रभावित होटल तथा एयलाइन्सहरुलाई वित्तीय प्याकेजमार्फत उद्धार गरिनु साथै ऋण, ऋणको ग्यारेन्टी, कर्पोरेट बन्डमा.सरकारको टेवा कर छुट, एयरपोर्ट चार्ज लगायतमा वित्तीय सुविधा दिनुपर्ने, पर्यटकको प्रबद्धनको लागि थिंक ट्यांकको ब्यवस्था गर्ने लगायतका सुझाव चेम्बरले दिएको छ ।

त्यस्तै मेडिकल टुरिजम, होम स्टे, एग्रो टुरिजम, कल्चरल टुरिजम लगायतका विद्यागत पर्यटन प्रवद्र्धनका लागि ठोस कार्यक्रम ल्याउन पनि उसले माग गरेको छ ।

पर्यटकको चाप घटेको समयमा पर्यटन पूर्वाधार निर्माणमा जोड दिनुपर्ने, नेपाल आयल निगम माग्दै आएको नगद धरौटीको सट्टा बैङ्क ग्यारेन्टीको ब्यवस्था गरी नगद धरौटी फिर्ता गर्नु पर्ने पनि श्रेष्ठले बताए ।

चेम्बरले चीनमा कोरोनाको प्रकोप कम हुदै गएकोले आउँदो सेप्टेम्बर अक्टोबरमा पर्यटकीय सिजन भएकोले चीनको विभिन्न शहरबाट पर्यटक भित्र्याउन सरकारी स्तरबाट पहल गर्नुपर्ने, एयरलाईन्सहरुले चीनको विभिन्न शहरबाट पर्यटक ल्याउन पहल गर्नुपर्ने, हवाईजहाज, बस, कारसहित बास बस्ने स्थान होटल, रिसोर्ट, होमस्टे, रेस्टुरेन्ट तथा विमानस्थलमा डिसइन्फेक्ट गरिनु पर्ने कुराहरुमा पनि सुझावमा समेटिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here