लकडाउन थप कडाइ, बिहानै ११ सय जना सडकमै ‘होल्ड’

काठमाडौं, १६ बैशाख । केहिदिन देखि खुकुलो भएको उपत्यकाभित्रको लक डाउनमा थप कडाइ गरिएको छ ।

गृह मन्त्रालयले सोमवार सबै जिल्ला प्रमुख जिल्ला अधिकारीलाई परिपत्र जारी गर्दै लकडाउन थप कडाइ गर्न निर्देशन दिएसँगै लक डाउनमा थप कडाइ भएको हो ।

केही दिनदेखि गाउँ फर्किनेको भिडले लकडाउन खुकुलो हो कि भन्ने अनुभूति गरिरहेका आम मानिसलाई मंगलवार भने प्रभाव परेको छ । प्रहरीले सडका हिँडेका र गुडेका सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ ।

गृहले लकडाउनको समयमा प्रशासनबाट अनुमति लिएर सवारीलाई गुड्न निर्देशन दिएको छ।

आज बिहान ८ बजेसम्म लकडाउन उल्लंघन गर्ने १ हजार १ सय ११ जनालाई नियन्त्रणमा लिएको छ। २ सय ८० जना महिला र ८ सय ३१ जना पुरुषलाई नियन्त्रणमा लिएको हो।

सबैभन्दा धेरै काठमाडौंबाट नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here