अप्रिल ३० मा हुने भनिएको कोरिया उडान स्थगित

काठमाडौं, १६ बैशाख । अप्रिल ३० अर्थात बिहीबार नेपाली कामदार लिएर दक्षिण कोरिया जाने भनिएको उडान स्थगित भएको छ ।

ईपीएसमार्फत रोजगारीका लागि दक्षिण कोरियामा कार्यरत नेपली कामदार बिदामा नेपाल आएको बेलामा लकडाउन घोषणा भए पछि उनीहरुलाई त्यता जान दिने निर्णय मन्त्रीपरिषदले गरेको थियो ।

कोरियाले पनि नेपाली कामदार लैजाने र १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने शर्तमा कामदार फर्काउने भएको हो ।

तर नेपालबाट फर्किने कामदारको चेकजाँच गर्नु पर्ने र त्यसको तयारीको लागि समय लाग्ने बताउँदै कोरियाले केही दिन पर्खिन भनेपछि उडान सरेको श्रम, रोजगारी तथा सामाजिक सुरक्षा मन्त्रालयले बताएको छ ।

यो पढ्नुस्

नेपाल एयरलाइन्स कोरिया उड्ने, भिसा सकिन लागेकालाई प्रथामिकता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here