पर्यटन र हवाई क्षेत्रलाई १० प्रतिशतसम्म चालु पूँजी कर्जा

काठमाडौं, १७ बैशाख । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको लागि केहि निर्देशन र सहुलियत घोषणा गरेको छ ।

बैंक तथा वित्तीय संस्था नियमन विभागले मंगलबार एक परिपत्र जारी गर्दै कर्जाको सुक्ष्म निगरानी देखि कर्मचारीको क्षमता अभिवृद्धिमा गर्नुपर्ने खर्चलगायत विभिन्न एकिकृत निर्देशनमा भएको व्यवस्थामा संशोधन गरेको छ ।

जसमा कोरोनाबाट अति प्रभावित पर्यटन तथा हवाई क्षेत्रको लागि पनि राहत प्याकेज घोषणा गरेको छ। केन्द्रिय बैंकले व्यवसायमा परेको कोरोनाको प्रभाव हेरी आवश्यकता पहिचान गरेर स्वीकृत कर्जाको १० प्रतिशतसम्म चालु पूँजी कर्जा प्रदान गर्न सक्ने व्यवस्था गरेको हो।

क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले पर्यटन क्षेत्रका होटल रेष्टुराँ, रिसोर्ट, ट्राभल, ट्रेकिङ्ग लगायतका पर्यटन क्षेत्र तथा हवाई उडड्यान, व्यवसायीक प्रयोजनाका सवारी, पोल्ट्री व्यवसाय आदि सक्रिय वर्गमा वर्गिकृत ऋणीको परियोजना वा व्यवसायमा परेको प्रभाव तथा वित्तीय अवस्थाको आधारमा ऋण प्रदान गर्ने संस्था अवस्था भएमा आवश्यकता पहिचान गरी स्वीकृत सीमाको १० प्रतिशतसम्म चालु पूँजी कर्जा प्रदान गर्न सकिने निर्देशनमा उल्लेख छ।

उक्त बमोजिमको सीमा प्रदान गर्दा कर्जा स्वपूँजी अनुपातको व्यवस्था अनिवार्य नहुने राष्ट्र बैंकले जनाएको छ।

यसरी प्रदान गरीएको कर्जाको सीमा नविकरण गर्न भने पाइने छैन र भुक्तानी अवधि बढीमा १ वर्ष हुन सक्नेछ।

तर, खाद्यान्न प्रशोधन तथा बिक्री वितरणसँग सम्बन्धित व्यवसाय, ग्याँस उत्पादन तथा बिक्री वितरणसँग सम्बन्धित व्यवसाय, सोप एण्ड केमिकल्स, औषधि बिक्री वितरणसँग सम्बन्धित व्यवसाय, इन्टरनेट सेवा प्रदायक, दूरसंचार सेवा प्रदायक, टेलिभिजन सेवा प्रदायक, सूर्ति तथा मदिराजन्य उद्योग, संचालनमा रहेका जलविद्युत आयोजनाको हकमा यो व्यवस्था लागू नहुने सर्कुलरमा प्रष्ट पारिएको छ ।

कोरोना प्रभावितलाई दुई प्रतिशत ब्याजदर घटाउन राष्ट्र बैंकको निर्देशन

बैंकदर पाँच प्रतिशत कायम, मुद्दती निक्षेपमा सतप्रतिशत कर्जा प्रवाहको छुट !

बैशाख, जेठको किस्ता तिर्ने अवधि थप, हर्जाना लिन नपाइने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here