कोका—कोलाले कोरोना प्रभावितलाई ८ करोड सहयोग गर्ने, स्वास्थ्यकर्मी र आपतकालीन कामदारलाई प्राथमिकता

काठमाडौं, १७ वैशाख । कोरोनाभाइरस (कोभिड—१९) महामारीबाट प्रभावित स्वस्थ्यकर्मी, आपतकालीन कामदार र यस्तो अनिश्चित समयमा धेरै प्रभावित भएका सफाइ कर्मचारीहरुलाई सहयोग पु¥याउन कोका—कोलाले रु. ८ करोड प्रारम्भिक सहयोग गर्ने वाचा गरेको छ ।

कोका—कोलाले नेपालमा शुरु गरेको राहत कार्यक्रमले देशभर १ लाख भन्दा बढीलाई सहयोग पुग्ने दाबी गरेको छ ।

नेपालमा कोका—कोलाले फ्रन्टलाइन स्वास्थ्यकर्मीहरु र आपतकालिन कामदारहरुका लागि आधारभूत स्वास्थ्य सुविधाहरु, आवश्यक मेडिकल उपकरण र व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) को वृद्धि गरि तत्काल राहत प्रदान गर्ने भएको हो ।

यसका साथै कम्पनीले आपतकालीन कामदारलाई पेय पदार्थ र दैनिक ज्यालामा निर्भर प्रभावित समुदायलाई खाद्यान्न राहत सामाग्रीहरु प्रदान गर्दै सहयोग गरेको छ ।

कोका—कोलाले नेपालमा समुदायहरुलाई कोभिड—१९ विरुद्ध लड्न र यसको थप विस्तारलाई कम गर्न सहयोग पु¥याउन नेपाल रेडक्रस सोसाइटी र रिसाइक्लिङ्ग पार्टनर क्रियशनसँग साझेदारी गरेको छ ।

नेपालमा कम्पनीले स्वास्थ्य, सुरक्षा र समुदायको जीवनयापन सुधारका लागि काम गरिरहेको कोका—कोला, अपरेशनका उपाध्यक्ष सुन्दीप बजोरियाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here