नेकपाको सचिवालय बैठक विना निष्कर्ष टुंगियो

काठमाडौं, १७ बैशाख । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक यही वैशाख २० गते फेरि बस्ने गरी टुंगिएको छ ।

अध्यादेश प्रकरण, समाजवादी पार्टीका सांसदको अपहरण प्रकरण, सरकारका काम कारवाही र कोरोना भाइरसको प्रभावकारी रोकथाम तथा नियन्त्रण लगायत समसामयिक विषयमा छलफल गर्न डाकिएको बैठकले ठोस् निष्कर्ष भने निकाल्न सकेन् ।

बुधबार साँझ ६ बजेदेखि बालुवाटारमा करिब तीन घण्टा भन्दाबढि चलेको बैठकमा समसमायिक विषयमा छलफल भए पनि कुनै निष्कर्षमा पुग्न नसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी थिए।

स्थायी कमिटी बोलाउनेबारे निर्णय भएको छैन। सचिवालयको बैठक आगामी शनिवारका लागि पुनः बोलाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here