लकडाउनको प्रभाव: पेट्रोलियम पदार्थ र सुन आयातमा उल्लेख्य कमी

काठमाडौं, १८ बैशाख । विश्वरभर फैलिरहेको कोरोना भाइरसको असरले विश्वको अर्थतन्त्रमा भारी गिरावट आएको छ ।

सरकारले कोरोनाको जोखिम न्यूनिकरणका लागि देशभर नै लक डाउन गरेपछि नेपालको प्रत्यक्ष असर डिजेल, पेट्रोल, हवाइ इन्धन र सुन आयातमा परेको छ । उद्योग कलकारखाना, सवारीसाधन ठप्प भएपछि पेट्रोलियम पदार्थ आयतमा कमी आएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा सुनको आयातमा १२ अर्ब ५४ करोड रुपैयाँले कमी आएको छ। गत वर्ष २६ अर्ब रुपैयाँबराबरको सुन आयात भएकोमा चालू आवमा १३ अर्ब ४६ करोड रुपैयाँबराबरको आयात भएको छ।

त्यस्तै चालू आवको नौ महिनामा पेट्रोलको आयातमा ३१ करोड ६२ लाखले कमी आएको छ।

गत वर्षको नौ महिनामा ८४ अर्ब ५२ करोडको पेट्रोल आयात भएकोमा चालू आवको नौ महिनामा ७१ अर्ब १३ करोडको आयात भएको छ।

डिजेलको आयात गत आर्थिक वर्षको नौ महिनाभन्दा यो वर्षको उक्त अवधिमा १३ अर्ब ३८ करोड ५१ लाखले कमी आएको छ।

गत वर्ष ८४ अर्ब ५२ करोड रुपैयाँ बराबरको डिजेल आयात भएकोमा चालू आवमा ७१ अर्ब १३ करोड ५० लाख रुपैयाँको आएको छ।

चैत ११ देखि लगाइएको लकडाउनका कारण यातायात पूर्णरुपमा बन्द छ भने विकास निर्माण काम पनि रोकिएका छन्। त्यसैले पनि डिलेजको आयतमा कमी आएको विज्ञहरुको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here