कोरोना संक्रमण अरु देशको भन्दा नेपालमा किन फरक ?

संसार कोरोना संक्रमणको चपेटामा परेको ४ महिना पुरा भएको छ । चीनमा कोरोनाको संक्रमण फैलिएपछि नेपाल आउने चिनिया पर्यटकहरुको आवतजावत बाक्लो नै थियो ।

त्यस्तै युरोप, अरबियन देश तथा भारतबाट आउने संख्या पनि कम थिएन । गत जनवरीमा नेपालबाट आफ्नो देश गएका स्पेनका नागरिकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो भने नेपालबाट अस्ट्रेलिया गएका नेपाली बिद्यार्थीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसबाट के अनुमान गर्न सकिन्छ भने नेपालमा डिसेम्बरको अन्त्य, जनवरी र फेब्रुवरीमा कोरोना संक्रमण फैलिएको हुनसक्छ । त्यो समयमा अधिकांश नेपालीलाई असाध्यै कडा रुघाखोकी, ज्वरो लगायतको समस्या फैलिएको थियो ।

हामीले मौसमी रुघाखोकीको रुपमा बुझेको त्यो बेलाको रुघाखोकी निको हुन धेरै दिन लाग्ने प्रकृतिको थियो । अन्य बर्षभन्दा त्यो बेलाको रुघाखोकीमा सास फेर्न गाह्रो हुने, वान्ता तथा पखाला लाग्ने प्रकृतिको थियो ।

डा. रबीन्द्र पाण्डे
जनस्वास्थ्य विज्ञ

तसर्थ नेपालमा कोरोना संक्रमण एक चरणमा फैलिएर लकडाउनको कारण नियन्त्रणमा आएको अनुमान गर्न सकिन्छ । यसबाट अधिकांश नेपाली इम्युन भएको हुनसक्छ ।

यो अनुसन्धानको पक्ष हो । नेपालमा र्यापिड टेस्ट गर्दा हजारौं जनामा पोजिटिभ देखिने तर पिसिआर टेस्टमा नेगेटिभ देखिनुको कारण रोग निको भएर एन्टीबोडी देखिएको पनि हुनसक्छ ।
.
कोरोना संक्रमण एकपटक निको भएपछि ५-१० % जनसंख्यामा पून : देखिन सक्छ । तर त्यो घातक हुँदैन । निको भएपछि पून : संक्रमण हुने केसमा एकै परिवारका १-२ जनालाई लाग्न सक्छ तर अरुलाई नलाग्न पनि सक्छ । हामीकहाँ यो खालको कोरोना संक्रमण देखिएको छ ।

अर्को के अनुमान गर्न सकिन्छ भने नेपालमा फैलिएको मौसमी रुघाखोकीमा मिसिएको भाइरस कोरोना भन्दा कडा थियो कि ? कडा भन्नाले घातकमात्र होइन ।
.
त्यस्तै नेपालमा पहिले फैलिएको कोरोना संक्रमण कमजोर स्ट्रेनको हुनसक्छ । त्यो समयमा सरकारी तथा निजि अस्पतालमा कति जनाको मृत्यु भएको थियो भनेर मृतकको तथ्यांक तथा रोगको प्रकृति अध्ययन गर्न आबश्यक देखिन्छ ।
.
नेपालमा संक्रमण देखिएका पहिला २ -४ केसबाहेक कुनै पनि व्यक्तिमा कोरोनाका लक्षण देखिएका छैनन् ।

एकजना पनि संक्रमित आइसीयु तथा भेन्टिलेटरमा बस्नु परेको छैन । जोखिम उमेर तथा अवस्था भएका २ जना ६५ बर्षिय र एकजना ८१ बर्षिय संक्रमित सजिलै निको भएर घर फर्किएका छन् ।

विदेशमा संक्रमण भएर नेपाल आएका अधिकांश व्यक्तिहरुको प्राय : २८ – ३५ दिनमा रोग पत्ता लागेको छ । ती बिरामीहरु लक्षण देखिएर वा अस्पताल पुगेर जांच गरिएका थिएनन् ।

स्थानीयको उजुरी वा खोजबिन गरेर जांच गर्दा, क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको जांच गर्दा कोरोना संक्रमण पोजिटिभ देखिएको हो । यसबाट के बुझिन्छ भने उनीहरु अधिकांश निको हुन लागेको अवस्थामा थिए ।
….

अर्को अनुमान के गर्न सकिन्छ भने नेपालमा हाल देखिएको कोरोना भाइरस म्युटेसन हुँदै अत्यन्तै कमजोर प्रजातिको हुनसक्छ । अहिले संसारमा कोरोना संक्रमण झन्डै ५० % Asymptomatic अर्थात लक्षणबिहिन देखिएको छ । छिमेकी देशहरुमा लक्षणविहिन कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पनि लक्षणबिहिन कोरोना संक्रमण समुदायमा हुनसक्छ । लकडाउनको कारण संक्रमण फैलिन पाएको छैन । कारणबश फैलिएपनि नेपालमा मृत्यु हुने संख्या नगन्य हुने अनुमान गर्न सकिन्छ ।

नेपालको हावापानी, आहारविहार, परम्परा, चालचलन कोरोना भाइरसको अनुकुल देखिएको छैन । अन्य देशको तुलनामा नेपालीको रोग प्रतिरोधात्मक क्षमता उच्च छ । हाम्रो क्षमतामा हामीले शंका गर्नु जरुरी छैन ।
.
लकडाउनलाई सुरक्षित अवतरण गर्ने, सामाजिक दुरी कायम गर्ने, परिक्षणको दायरा बढाउने, पोषिलो खाना खाने, सरसफाईमा ध्यान दिने, व्यायाम / योग / ध्यान गर्ने, तनाब ब्यबस्थापन गर्ने तथा सिमाना १०० % शिल गर्ने हो भने नेपाल तथा नेपाली आन्तरिक रुपमा अत्यन्तै मजबुत छौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here