औपचारिक क्षेत्रका कर्मचारीले ५० प्रतिशत तलब तत्काल पाउने, बाँकी उद्योग खुलेपछि

काठमाडौं, १८ बैशाख । मन्त्रिपरिषद वैठकले स्वीकृत गरेको कार्यविधिअनुसार औपचारिक क्षेत्रमा काम गर्ने कर्मचारी तथा मजदुरहरुलाई बैशाख महिनाको ५० प्रतिशत तलब तत्काल पाउने भएका छन् ।

बाँकी ५० प्रतिशत रकम भने व्यवसाय सूचारु भएपछि मजदुर तथा कामदारहरुलाई उपलब्ध गराउनुपर्ने निर्णय कार्यविधिका उल्लेख गरिएको छ । निजी क्षेत्रले बैशाख महिनाको ५० प्रतिशत तलब मात्रै दिन सक्ने बताएका थिए ।

सरकारले पनि निजी क्षेत्रको माग अनुसार आधा तबल तत्काल दिनुपर्ने र बाँकी ५० प्रतिशत रकम व्यवसाय सुचारु भएपति दिनुपर्ने व्यवस्था गरिदिएको हो ।

कार्यविधिअनुसार लकडाउन अवधिमा पूर्ण रुपमा बन्द भएका पर्यटनसँग सम्बन्धित उद्योगले वैशाख महिनाको तलबको ५० प्रतिशत अनिवार्य दिनुपर्ने छ। योसँगै होटलमा कार्यरत दैनिक तथा मासिक ज्यालादारी श्रमिकले पनि वैशाखको पूर्ण तलब पाउने भएका हुन्।

त्यस्तै बाँकी ५० प्रतिशत पनि उद्योगले दिनुपर्ने छ। तर त्यसरी दिनुपर्ने बाँकी ५० प्रतिशतका लागि भने सरकारले सहुलियत ऋण दिने छ।

स्थायी तथा अस्थायी कर्मचारीलाई भने वैशाख महिनाको तलब भने ५० प्रतिशतमात्र दिए पुग्ने छ। बाँकी ५० प्रतिशत लकडाउन खुलेर उद्योग खुलेपछि दिए पुग्ने भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here