रोल्पामा बेवारिसे बम विष्फोट हुँदा चार बालबालिकाको मृत्यु

काठमाडौ, १८ बैशाख । रोल्पाको त्रिवेणी गाउँपालिका–७ मा बिहीबार साँझ बेवारिसे बम विष्फोट हुँदा चार बालबालिकाको मृत्यु भएको छ।

बिहीबार साँझ बाख्रा चराउन गएका बालबालिकाले बेवारिसे बम भेटेपछि खेलाउँदा विष्फोट भएर उनीहरूको ज्यान गएको रोल्पा प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ निवासी लालबहादुर खत्रीका ५ वर्षीय छोरा विजय खत्री, उनकी ११ वर्षीया दिदी विमला खत्री, लक्ष्मण नेपालीका १३ वर्षीय छोरा गौरब नेपाली र ओजबहादुर डाँगीका १४ वर्षीय छोरा नोखिराम डाँगी रहेका छन्।

सशस्त्र द्वन्द्वका समयमा तत्कालीन विद्रोही माओवादीले लुकाएर राखेको बम बालबालिकाहरूले बाख्रा गाेठालाे गएर फर्कने क्रममा भेट्टाएको र खेलाउँदा विस्फोट भएको हुन सक्ने आशंका प्रहरीले गरेकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here