उपत्यकामा तरकारीको भाउ सिजनकै सस्तो, कुनको कति ?

काठमाडौं, १९ बैशाख । काठमाडौंमा उपत्यकामा तरकारी सस्तिएको छ ।

स्वदेशी उत्पादन बजारमा आउन थालेपछि तरकारीको भाउ सस्तिएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दाबी छ ।

नेपाली उत्पादन बजारमा आउन थालेसँगै गत साताको तुलनामा तरकारीको थोक मूल्य केही दिनयताकै न्यून विन्दुमा झरेको छ ।

बढीमूल्य घटेको तरकारीमा लौका, फर्सी, भिण्डी, काँक्रो, बरेला, ब्रोकाउली, हरियो खुर्सानी, गोलभेँडा, प्याज, गाजर, काउली, बन्दा, भन्टा, मटरकोशा, घिउसिमी, तिते करेला, लगायत रहेको छ ।

कालीमाटी तरकारी बजारमा शुक्रबारको लागि प्रतिकेजी थोक मूल्य गोलभेंडा सानो २५, ठूलो टनेल ३० रुपैयाँ, आलु ३३ रुपैयाँ, प्याज ३० रुपैयाँ, गाँजर ३० रुपैयाँ, काउली ज्यापु ३५, ३० रुपैयाँ रहेको छ ।

त्यस्तै मुला १५ रुपैयाँ, भान्टा ३० रुपैयाँ, तितेकरेला ६० रुपैयाँ, लौका २५ रुपैयाँ, घिरौला ४० रुपैयाँ रहेको छ ।

कोरोना भाइरस महामारीको कारण कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले भीडभाड कम गर्न खुद्रा व्यापार बन्द गरी बिहानको समयमा थोक व्यापार गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here