एनएमबी बैंकको खाता फेसबुकबाटै खोल्न सकिने

काठमाडौं, २० बैशाख । एनएमबी बैंकले स्मार्ट बैंकिङ्ग अवधारणाअन्तर्गत अब घरमै बसी फेसबुकको म्यासेन्जर बाटै खाता/मुद्दती निक्षेप खोल्ने र नविकरण गर्न सकिने सेवा शुरु गरेको छ ।

कोरोनाभाइरसले सिर्जना गरेको प्रतिकुल परिस्थितिमा सहजरुपमा उच्च प्रतिफल पाउने गरी ग्राहकहरुलाई सुविधा उपलब्ध गराइएको बैंकले बताएको छ ।

डिजिटल बैंकिङ्ग सेवाको क्षितिज अभिवृद्धि गर्दै ग्राहकवर्गलाई सहजता प्रदान गर्नु बैंकको प्राथमिकता रहेको छ र हामी घरबाटै आरामपूर्वक बैंकिङ्ग गतिविधिहरु रोज्न सक्ने उपयूक्त माध्यम निर्माण गर्नेतर्फ उन्मुख छौं, बैंकले भनेको छ ।

हालको परिप्रेक्ष्यमा यो सेवाको सुरुवात गर्नु सुरक्षाको मामलामा कुनै सम्झौता बिना ग्राहकवर्गलाई वित्तीय कारोवारहरु सम्पादन गर्न सहयोग पु¥याउने एक महत्वपूर्ण योजना हो, बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here