गल्तीले अर्कै पार्टीलाई भोट, मतदाताले काटे आफ्नै औंला !

निर्वाचनमा झुक्किएर अर्कै पार्टीलाई मतदान गरेपछि एक मतदाताले आफ्नो औँला नै काटेका छन् ।

यो घटना भारतको हो । भारतको उत्तर प्रदेश राज्य स्थित बुलान्दसरका हिजो भएको मतदानमा झुक्किएर भाजपालाई भोट दिन पुगेपछि स्थानीय पवनकुमारले आफ्नो देब्रे हातको चोरी औंला नै काटिदिएका छन् ।

बहुजन समाज पार्टीका समर्थक उनी विद्युतीय मेसिनमा भएको चिन्हमा झुक्किएका थिए । हतारिएर मतदान गर्ने क्रममा गल्तीले बहुजनकाे चिन्ह हात्तिको सट्टा भाजपाको कमल चिन्ह रहेको बटन थिच्न पुगे पछि उनी पछुताएका थिए ।

उनले मतदानमा सहभागी भएको संकेतस्वरूप मसी लगाइने चोरी औंला काटेर फालेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

भारतमा हिजो दोस्रो चरणको लोकसभा चुनाव अन्तर्गत ९५ सिटका लागि मतदान भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here