संसदको वजेट अधिवेशन बैशाख २६ गते बोलाउने सरकारको निर्णय

काठमाडौं, २१ बैशाख । मन्त्रिपरिषद बैठकले संसदको वजेट अधिवेशन वैशाख २६ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपिरषद् बैठकले २६ गते ४ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने एक मन्त्रीले जानकारी दिए।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गर्नेछिन् । सामाजिक दूरी कायम गरी संसदको अधिवेशन गराउन व्यवस्था मिलाइएको छ।

सरकारले जेठ १४ गते नयाँ आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

बजेटअघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र छलफल गरी पारित गर्नुपर्ने हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here