बिमा समितिका सर्कुलर: बीमा शुल्क बुझाउने अवधि जेठ मसान्तसम्म

काठमाडौं, २१ बैशाख । लकडाउन अवधिभित्र संकलन गर्नुपर्ने जीवन बिमा प्रिमियमबापतको रकम संकलन गर्ने अवधि २०७७ जेठ मसान्तसम्म थप गर्न विमा समितिले निर्देशन दिएको छ ।

अर्थमन्त्रालयको निर्देशनपछि समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले इजाजत प्राप्त सबै बीमा कम्पनीहरुलाई पत्र पठाउँदै यस्तो निर्देशन दिएका हुन् ।

यसअघि चैत २० गते जारी भएका विषयहरुमा संसोधन सहित आज नयाँ निर्देशन जारी गरिएको हो ।

साथै उक्त निर्देशनमा कोरोना संक्रमणका कारण सिर्जना भएको विषम परिस्थितिमा बीमा अवधि समाप्त भएको बीमालेख नबिकरण गर्ने व्यवस्थालाई लकडाउन सकिएको मितिले १५ दिनसम्म कायम गर्न व्यवस्था मिलाउने उल्लेख छ ।

२०७६ चैत र २०७७ बैशाख महिनामा नबीकरण गर्नु पर्ने बीमा अभिकर्ता र सर्भेयरको इजाजत पत्र नबीकरणको म्याद असार मसान्तसम्म थप गरी सो बापत जरिवाना नलाग्ने व्यवस्था पनि समितिको नयाँ निर्देशनमा उल्लेख छ ।

यस्तै, बिमा अवधि समाप्त भएको बिमालेखको हकमा सम्बन्धित बिमितको लिखित अनुरोध-(विद्युती माध्यमबाट प्राप्त समेत)का आधारमा बिमालेख नवीकरण गर्ने व्यवस्थालाई लकडाउन अवधि सकिएको १५ दिनसम्म कायम गर्ने व्यवस्था मिलाउन समेत भनिएको छ ।

निर्जीवन बिमकले तत्काल सिर्जना हुने दाबी भुक्तानीका लागि विद्युतीय माध्यमबाट समेत निवेदन प्राप्त भएमा अवस्था सामान्य भएपछि तत्काल सर्भेयर खटाई क्षति यकिन गरी दाबी भुक्तानी गर्ने व्यवस्थालाई निरन्तरता दिन समेत भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here