नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण, एकैदिन १६ संक्रमित थपिए

काठमाडौं, २१ बैशाख । नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको स्रोतले जनाएको छ ।

यो सहित नेपालगञ्जमा संक्रमितको संख्या १६ पुगेको छ । आइतबार मात्र नेपालगञ्जमा ९ जनामा कोरोना देखिएको थियो।

केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

ती ब्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला लगिएको थियो ।

तीमध्ये परीक्षण भइसकेको नमुनामा अहिलेसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार पर्सामा नै एक जनामा कोरोना देखिएको छ। नेपालगञ्जका १५ र पर्साका १ सहित आइतबार नेपालमा १६ जना संक्रमित थपिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here